महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। 0 मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ? यसबारे केही चर्चा गरौँ।
