भर्खरै:

.
.

Sunday, October 14, 2012

नायिका निशाले बाटो मोडेपछि.....

शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको चलचित्र कलाकार संघको ११ औं साधारण सभामा धेरैको ध्यान नायिका निशा अधिकारीतर्फ गयो । सारीमा सजिएकी निशा कार्यक्रम संचालनमा व्यस्त थिइन् ।पछिल्लो समयमा नायिका निशा अधिकारीले बाटो मोडेको धेरैको अनुमान छ । चलचित्र निर्देशन सम्बन्धि सानो कोर्स पढ्न अमेरिका जाँदा नायिका अधिकारीले मुलधारका सिनेमा र कलाकार भन्ने बित्तिकै नाक खुम्च्याउने गर्थिन् । तर उनले पहिलो चलचित्र नै नायक विराज भट्टसँग अभिनय गरिन् । निशाकै धारका भनिने नम्रता श्रेष्ठ, क्रृचा शर्मा लगायतका नायिका अझै पनि मुलधारका सिनेमाबाट परै छन् । तर नायिका अधिकारी भने मुलधारका कलाकारको भिडमा मिसिएकी छिन् । यसैले पनि होला उनी अहिले सर्वाधिक व्यस्त र चर्को पारीश्रमीक लिने नायिकाको रुपमा पर्छिन । निशाले ‘मायाज बार’, ‘पद्यमीनी’लगायतका सिनेमामा अभिनय गरीसकेकी छिन् । आफुलाइ परिवर्तन गर्दै उनले चलचित्र कलाकार संघको सह कोषाध्यक्ष पद समेत सम्हाल्ने तरखर गरिसेकेकी छिन् । शनिबार आम कलाकारका बिचमा रहेर कार्यक्रम संचालन गरिरहँदा धेरैको भनाई थियो, ‘निशा लाइन्मा आइन् ।’

No comments:

Post a Comment