भर्खरै:

.
.

Sunday, October 14, 2012

यस्तो छ सामसुङको मिनी स्मार्टफोन

चार इन्चको मध्यम आकारको स्मार्टफोनको लोकप्रियता देख्दा सामसुङले बाचा गरेको गरेको थियो की उसले पनि छिटै एक यस्तै प्कारको सानदार मोबाइल फोन ल्याउनेछ भनेर । आखिर सामसुङले बाचा पूरा गरेरै छाड्यो । कम्पनीले विश्वभर सबैभन्दा बढि रुचाइएको आफ्नो स्मार्टफोन ग्यालेक्सी एस थ्री सानो स्वरुप बजारमा ल्याएको छ । जर्मनीमा आयोजित एक कार्यक्रमका बीच सामसुङले ग्यालेक्सी एस थ्री को मिनी भर्सन र्सार्वजनिक गरेको हो ।
सामसुङ ग्यालेक्सी एस थ्री सामसुङको फ्लागसीप मोबाइल उत्पादन हो र यहीँ स्मार्टफोनबाट कम्पनीले यो त्रैमासिकमा ७ अर्ब ३० करोड अमेरिकी डलर कमाइ गरेको छ । यहीँ सफलतालाई क्यास गर्दै एप्पलको आइफोनलाई माथ दिनेगरी सामसुङले एस थ्री मिनी स्मार्टफोन ल्याएको हो । एस थ्री मिनी ग्यालेक्सी एस थ्री का फिचर्सहरु त छन् नै यसको मज्जा भनेको आकारमा सानो तथा मुल्यमा पनि सस्तो हो । यसको स्त्रिmन ४ इन्चको छ जसमा ८ सय गुण ४ सय ८० पिक्सेल रिजोलुसन हुनका साथै यो एन्ड्रोइड जेली बिन ४.१ अपरेटिङ सिस्टमबाट चल्छ । यसमा एक गिगाहर्जको डुअल कोर प्रोसेसर रहेको छ । साथै एल इ डी फ्लास सहितको ५ मेगा पिक्सेलको क्यामरा रहनुका साथै भिडियो कलिङका लागि अर्को अतिरिक्त भिजिए क्यामरा पनि छ । यो मिनी स्मार्टफोनमा १ जिबिको र्याम, १६ जिबी देखि ३२ जीबी सम्मको मेमोरी उपलब्ध छ । कनेक्टीभिटीका लागि यसमा वाइफाइ, जिपिएस, एनएफसी तथा ब्लुटुथ लगायका सुविधा छन् । ग्यालेक्सी एस थ्री मिनि आउँदो डिसेम्बर महिना अर्थात् क्रिसमसको आसपासमा बजारमा आउने बताइएको छ । यसको मुल्य साढे ३ सय देखि साढे ४ सय अमेरिकी डलर सम्म पर्ने बताइएको छ ।

No comments:

Post a Comment