भर्खरै:

.
.

Sunday, October 14, 2012

माइ ब्रदर’ को गतिलो सुरुवात

शुक्रबारबाट काठमाण्डौ बाहिरका ३० वटा स्टेशनबाट एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘माइ ब्रदर’ ले राम्रो सुरुवात गरेको छ । नारायणगढका दर्शकसागै सिनेमा हेरेर निस्किएपछि निर्देशक विष्णु भट्टराइले अनलाइनखबरलाइ प्रतिक्रिया दिदै पारिवारिक सिनेमा भएकाले परिवार र युवायुवती हलमा पुगेको बताए । बुटवलको एक मात्र हलमा सिनेमा लागेपनि दर्शकको माग आएपछि अर्को हलमा लगाउने तयारी भएको उनको भनाइ छ । यसैगरि चलचित्रले पछिल्लो समयमा प्रदर्शनमा आएका सबैजसो सिनेमाको व्यापारलाइ उछिनेको भट्टराइको भनाइ छ । सुमिना घिमिरे, जीवन लुइटेल, लक्की दिपक लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा पारिवारिक तथा सस्पेन्स प्रेम कथामा आधारित छ । यस्तै, काठमाण्डौका हलमा शुक्रबारबाट रोज राणाले निर्माण गरेको चलचित्र ‘म छु नि तिम्रो’ प्रदर्शनमा आएको छ । चलचित्रलाइ मदन घिमिरेले निर्देशन गरेका हुन् । हप्तामा ३ सिनेमा जुधिरहेको समयमा ‘माइ ब्रदर’ र ‘म छु नि तिम्रो’ को सोलो प्रदर्शनलाइ सकारात्मक रुपमा हेरिएको छ । onlinekhabar

No comments:

Post a Comment