धादिङ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे–४, सातकिलोमा आज बिहान ६ बजेतिर यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलै मृत्यु भएको छ। दुर्घटनामा १५ भन्दा बढी यात्रु घाइते भएका छन्। अर्घाखाँचीबाट काठमाडौं जाँदै गरेको लु१ख ७३३३ नम्बरको बस सडकबाट १५ मिटर तल भिरमा पल्टिएको हो।
दुर्घटनामा मृत्यु हुनेका अर्घाखाँचीका २० वर्षीय पुरन बुढाथोकीको सनाखत भएको छ। अन्य एक पुरुष र एक महिलाको सनाखत भएको छैन। दुर्घटनामा दुई जनाको शव च्यापिएको अवस्थामा छ। हाल इलाका प्रहरी कार्यालय खानीखोला, प्रहरी चौकी महादेवबेसी र स्थानीय स्वयंसेवकले उद्धार गरिरहेका छन्।
घाइतेको शिवदर्शन अस्पताल धार्केमा प्राथमिक उपचार गराई काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक आनन्द लामिछानेले जानकारी दिए। आइतबार दिउँसो ४ बजे अर्घाखाँचीबाट गुडेको बसमा एक मात्र चालकले रातभरी ड्राइभिङ गरेकाले चालक निदाएर बस पल्टिएको प्रत्यक्षदर्शी घाइतेहरुले बताएका छन्। चालक र सह चालक सकुशल रहेको प्रहरीले जनाएको छ।

यसैगरी सिरहाको इँटाटारबाट महोत्तरी तर्फ जाँदै गरेको ट्याक्टर आज बिहान दुर्घटना भएको छ। महोत्तरीको एक मन्दिरमा बलि चढाउन हिँडेका दर्शनार्थीहरुलाई बोकेर जाँदै गरेको सो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको भने एक दर्जन घाइते भएका छन्।
ना४ त ४७४३ नम्बरको ट्यक्टर सिरहाको कर्जनाह-६ मा पुगेपछि आज बिहान ३ बजे चालक निदाएर ट्याक्टर पल्टेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले बताएको छ।
दुर्घटनामा मृत्यु हुनेहरुमा इँटाटार-३ का ३५ वर्षीय मुकेश यादव, सोही गाउँ ४ नम्वर वडाकी ४० रामसखीदेवी यादव र जिझोल-३ की ४० गुलावदेवी यादव छन्।
घाइतेहरुको मिर्चैयास्थित मिर्चैया नर्सिङ होम र कर्जनाहस्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको जिप्रका एसपी मनोज न्यौपानले बताए ।
दुर्घटनापछि चालक फरार रहेको र यसको खोजी कार्य भइरहेको उनले बताए ।

No comments:
Post a Comment