असार ३१ – वेष्ट इिन्डज विरुद्धको पहिलो एक दिवशीय क्रिकेटमा पाकिस्तानी अलराउण्डर साहिद अफ्रिदीले आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
लामो समय खराब प्रदर्शन गरेको भन्दै टिम बाहिर रहेका अफ्रिदीलाई वेष्ट इन्डिज विरुद्धको खेलमा समावेश गरिएको थियो ।
पाकिस्तान १ सय २६ रनले विजयी भएको खेलमा अफ्रिदीले सर्वाधिक ७६ रन बनाए भने ९ ओभर बलिङमा ३ मेडन राख्दै जम्मा १२ रन खर्चेर ७ विकेट लिए । उनको यो एक दिवशीय क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
पहिले व्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ५५ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ७६ रन बनाए । कप्
तान मिसबाह उल हकले ५२ रन जोड्नु बाहेक अरु व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
२ सय २५ रनको विजयी लक्ष्य पाएको वेष्ट इन्डिजका व्याट्सम्यान अफ्रिदी सामु निरिह देखिए । वेष्ट इन्डिज ४१ ओभरमा मात्र ९८ रनमा समेटियो । पाकिस्तानी सबैजसो खेलाडी आइतबारको खेलमा रोजा बसेका थिए । रमजान महिना भएकाले धेरैले खेल अवधीमा पानी समेत खाएनन् ।
जितसंगै पाँच एकदिवशीय श्रृखलामा पाकिस्तानले एक सून्यको अग्रता लिएको छ । वेष्ट इन्डिज यात्रामा पाकिस्तानले थप चारवटा एकदिवशीय र दुईवटा ट्वान्टी ट्वान्टी खेल्नेछ । दोस्रो एकदिवशीय मंगलबार हुनेछ ।
No comments:
Post a Comment