भर्खरै:

.
.

Sunday, July 14, 2013

हिम्स करातेमा बालाजु च्याम्पियन

२९ असार, काठमाडौं । प्रथम हिम्स राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि बालाजु कराते एकेडेमीले शनिबार जितेको छ । बालाजुले १४ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।
हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल -हिम्स) र नेपाल सितोरियो कराते डो संघ, महांकाल डोजोद्वारा संयुक्त आयोजित प्रतियोगितामा सितोरियो ३ स्वर्ण, ६ रजत र ५ कांस्यसाथ दोश्रो भयो भने तेश्रो स्थानमा रहेको वादोकाइले ३ स्वर्ण, ६ रजत र ४ कांस्य हात पार्‍यो । आयोजक हिम्स ३ स्वर्ण, ५ रजत र १३ कांस्यसाथ चौथो स्थानमा रह्यो । प्रतियोगिताको पुरुषमा आयोजक महांकालका अविनास चौधरी तथा महिलामाबालाजुकी अनुपमा मगर उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा अमिश कार्की र महिलामा विपना तामाङ उदीयमान खेलाडी चुनिए । दुवै बालाजुका हुन् । मार्च पास्टमा गोजुरियो उत्कृष्ट ठहरियो भने अनुशासित टिमको उपाधि हिम्सले हात पार्‍यो । प्रतियोगिताको अन्तिम दिन महिलाको २५ केजीमा सर्लाहीकी निमा तामाङ, ३० केजीमा बालाजुकी अल्विना बलामी, ३५ केजीमा आयोजककी कोपिला बुढाथोकी, ४० केजीमा बालाजुकी विपना तामाङ, ४५ केजीमा वादोकाइकी एलिशा विक, ५० केजीमा बालाजुकी अनु गुरुङ, ५५ केजीमा बालाजुकी डायना ओझा, ६० केजीमा वादोकाइकी ज्योतिका गुरुङ तथा ६० केजीमाथिमा बालाजुकी अनुपमा मगरले स्वर्ण जिते । एकल कातामा बालाजुकी कृपा गुरुङ पहिलो भइन् । पुरुषको ३५ केजीमा बालाजुका मनीष थापा, ४० केजीमा वादोकाइका रवि तामाङ, ४५ केजीमा बालाजुका अनुज राई, ५० केजीमा बालाजुका गौतम राई, ५५ केजीमा आयोजकका दावा तामाङ, ६० केजीमा बालाजुका रोमन तामाङ, ६५ केजीमा आयोजकका अविनाश चौधरी, ७० केजीमा बालाजुका सञ्जयकुमार राई तथा ७० केजीमाथि बालाजुका विनोदबहादुर शाहीले पहिलो स्थान हात पारे । एकल कातामा सितोरियोका दिलिप चाम्लिङले स्वर्ण चुमे । दुईदिने प्रतियोगितामा २ सय ६१ खेलाडीले २४ स्वर्णका लागि प्रतिस्पर्धा गरेको थिए ।

No comments:

Post a Comment