.
.
Sunday, July 14, 2013
सर्त राखिए बार्तामा बस्दैनौँ : वैद्य
३० असार, काठमाण्डौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी बार्ताको लागि तयार रहेपनि उच्चस्तरिय राजनीतिक समितित्र र सरकारले कुनै सर्त अगाडि सारे आफूहरु बार्तामा नबस्ने बताउनुभएको छ । वैद्यले वार्ताको माध्यमबाट निकास खोज्न आफ्नो पार्टीले बार्ता टोली गठन गरेपनि सरकार र चार दल ठोस रुपमा नआएको बताउनुभयो ।
आइतबार राजधानीको संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढा सुशील’ द्वारा लिखित ‘नाटक नै याथार्थमा बदलियो’ शिर्षकको कृति विमोचन कार्यक्रममा उहाँले भन्नुभयो,’हाम्रो पार्टीले वार्ता टोली गठन गरेर वार्ताको लागि तयार रहेपनि सरकार र सरकारपक्षीय पार्टी गम्भीर बनेका छैनन् ।बाहिर हल्ला गरेपनि ठोसरुपमा छलफलमा आउनुभएको छैन ।’
वैद्यले आफूहरुको लचकतालाई कमजोरीको रुपमा नलिन सरकार र चार दललाई चेतावनी दिनुभयो । उहाँले ३३ दलीय मोर्चालाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्नुपर्ने बताउनुभयो । वैद्यले चैत्र १ गतेको संविधान संशोधन र राष्ट्रपतिद्वारा २५ बाधा अड्काउ फुकाउ आदेश खारेज गरी सर्वदलीय सरकार निर्माणको लागि विना सर्त आफूहरु वार्ता र गोलमेच सभामा बस्न तयार रहेको बताउनुभयो । एक अर्को प्रसंगमा वैद्यले हालै आफ्नो नेतृत्वमा भएको चिन भ्रमण दुई कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुमधुर बनाउन सफल भएको बताउनुभयो ।onlinekhabar
Labels:
national
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment