.
.
Sunday, July 14, 2013
अमेरिकाबाट तनहुँको एक स्कुललाई ३ लाख रूपैयाँ सहयोग
सञ्जय मल्ल
तनहुँ । सबैको चाहना हुन्छ आफु जन्मिएको हुर्किएको तथा आफुले बिताएको ठाउको बिकास होस भन्ने । जतिसुकै सम्पन्न तथा बिकसित देशमा भए पनि आफ्नो मातृभुमि र आफु जन्मेको ठाउको माया सदैब रहने गर्दछ । त्यसमा पनि आफुले शिक्षादिक्षा लिएको स्कुलको बिकास होस भन्ने चाहना राख्नु स्वभाविक पनि हो । यस्तै चाहना लाई मुर्त रुप प्रदान गरेका छन तनहुँ थर्पुका शिब मल्लले ।
हाल अमेरिका रहेका मल्लले अमेरिकाबाटै स्कुलमा सुबिधा सम्पन्न लाईबेरी स्थापना होस र स्थानिय बिद्यार्थीले राम्रो संग अध्ययन गर्न पाउन भन्ने उद्धेश्यले आफुले अध्ययन गरेको स्कुल श्री मिन उच्च माबिलाई ३ लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । तनहुँको थर्पुमा अवस्थित श्री मिन उच्च माबिमा लाइबे्ररी स्थापनाका लागि अमेरिकाबाट भाई शिब मल्लले पठाएको रकम उनका दाजु दिपक मल्ल तथा उनको परिवारले एक कार्यक्रमका बिच स्कुलका प्रधानाध्यापक हरि बहादुर थापा तथा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गोबिन्द घिमिरेलाई हस्तान्तरण गरेका हुन ।
बिद्यालयको स्वर्ण महोत्सबको सन्दर्भ पारेर रकम हस्तान्तरण गर्ने योजना थियो तर बिद्यालयलाई लाईब्रेरी स्थापनाको लागि तत्कालै रकमको आवश्यकता परेको जानकारी पाएपछि उक्त रकम सानो कार्यक्रमकावीच हस्तान्तरण गरेको दिपक मल्लले बताए । सो अवसरमा सहयोगदाताको परिवार मिमनारायण मल्ल, तिलमाया मल्ल, चन्द्र कुमार मल्ल, प्रताप मल्ल, सीता मल्ल, रोशन मल्ल, रोनिता मल्ल, मालती मल्ल, मलना मल्ल, मधुसुदन मल्ल को उपस्थिति रहेको थियो ।
Labels:
international
Subscribe to:
Post Comments (Atom)
.jpg)
No comments:
Post a Comment